३० लाख ७ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ

१५ भाद्र २०७८, मंगलवार १९:१८

काठमाडौं ।

स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ नगदसहित प्रहरीले काठमाडौैंको कुलेश्वर फलफूल बजारबाट दुई जनालाई पक्राउ गरेको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई काठमाडौंको कुलेश्वरमा फलफूल पसल गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र रामेछापका सुनापती गाउँपालिका–१ घर भई काठमाडौंको कालीमाटीमा डेरा गरी बस्ने २१ वर्षीय रमेश तिमिल्सनालाई मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।