अधिवेशन आउन तीन दिन बाँकी, भएन क्रियाशील सदस्यको सूची सार्वजनिक

१५ भाद्र २०७८, मंगलवार १३:०६

काठमाडौं ।

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस महाधिवेशनको माहोलमा छ। कांग्रेसले यही १८ गते देशभर वडा अधिवेशन गर्ने तालिका बनाएको छ।

यद्यपि सार्वाधिक विवादमा रहेको जिल्लाहरुको क्रियाशील सदस्यता सूची अझै सार्वजनिक गरेको छैन। कांग्रेसले तीन चरण गरी हालसम्म ५३ जिल्लाको क्रियाशिल सदस्यता सूची सार्वजनिक गरिसकेको छ।

थप २४ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन बाँकी रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले बताए। ५३ जिल्लाको क्रियाशील सूची सार्वजनिक भइसक्यो। निर्वाचन प्रतिनिधि पनि खटिसके,ु संयोजक यादवले भने, ुबाँकी २४ जिल्लाको आउन बाँकी छ।

क्रियाशील सूची आउन बाँकी जिल्लाहरु तराईका छन् । प्रदेश २ को कुनै जिल्लाको क्रियाशील सूची सार्वजनिक भएको छैन। ती जिल्लाहरुमा क्रियाशील सूची सार्वजनिक हुनेवित्तिकै पुर्‍याउन सजिलो हुने निर्वाचन समितिका संयोजक यादवले बताए।

यद्यपि यसरी क्रियाशील सार्वजनिक नहुनेमा केही पहाडी जिल्लासमेत रहेको उनले बताए।