
काठमाडौं ।
गोकर्णेश्वर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका स्कुलहरु आजबाट भौतिक रुपमा सन्चालनमा ल्याउने निर्णय गरेको छ ।
विद्यालय, अभिभावकका प्रतिनिधिसहित सर्वपक्षीय बैठकबाट विद्यालय सन्चालनको निर्णय लिएको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे बताउँछन् ।
लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य नै अन्यौलमा पर्ने डर भयो, त्यसैले सबै पक्षको बैठकको निर्णयअनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी आजबाट विद्यालय खोल्ने निर्णय लिएको मेयर चालिसेले बताए ।
निर्णयबाट धेरैजसो विद्यार्थी र अभिभावक उत्साहित भएको दाबी गर्दै चालिसेले नियमित रुपमा विद्यालय अनुगमनको प्रवन्ध पनि मिलाइएको बताए ।
‘
