अध्यक्ष नचुनी नयाँ केन्द्रीय समिति घोषणाः वाइसिएल

१५ भाद्र २०७८, मंगलवार १२:२०

काठमाडौं ।
माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले अध्यक्ष नचुनी नयाँ केन्द्रीय समिति घोषणा गर्ने भएको छ ।

राष्ट्रिय भेला अन्तर्गत अहिले जारी बन्दसत्रबाट केन्द्रीय समिति घोषणा हुने र सोही समितिले पछि पदाधिकारी चयन गर्ने वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए । वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुवोध सेर्पालीले दाबी गर्दै आएका छन् । सहमति जुटाउने प्रयासमा पार्टीका नेताहरु र वाइसिएल पदाधिकारी सक्रिय छन् ।

सहमतिको प्रयासमा मंगलबार बिहान वाइसिएल नेताहरु पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटारस्थित निवासमा पुगेका थिए ।