माओवादीमय नहुँदासम्म जनताको हित सम्भव छैनः प्रचण्ड

१५ भाद्र २०७८, मंगलवार ११:४२

काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने बताएका छन् ।

पार्टी सम्बद्ध सर्लाही–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज पनि गठबन्धनको बैठक बसेको र भोलि पनि आवश्यक छलफल गरी निष्कर्ष निकालिने बताए ।

उनले आफ्नो पार्टीलाई पहिलो नम्बरको नहुँदासम्म देशमा स्थायित्व र विकाससमेत नहुने दावी गरे ।

उनले केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा अहिलेसम्म राजनीतिक लडाइँ लडेर प्राप्त गरेको सबै उपलब्धि झन्डै गुमेको पनि बताए