अफगानिस्तानबाट आइपुगे ८२८ नेपाली

१४ भाद्र २०७८, सोमबार २०:४०

काठमाडौं ।
अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई आइतबार साँझ फ्लाई दुबईको नियमित उडानबाट ५ जना र टर्किस एयरको नियमित उडानबाट ४५ जना गरी थप ५० जना स्वदेश फर्किएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा रहेका र आफ्नो नाम दर्ता नगरेका नेपालीहरुले आफैं वा परिवारमार्फत कन्सुलर विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा तथा कन्सुलर सेवा विभागको भाइबर र ह्वाट्सअप नम्बरमा विवरण टिपाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।