सहचालकको हत्या गरेर भागेको आरोपमा एक किशोर पक्राउ

१४ भाद्र २०७८, सोमबार १५:३८

काठमाडौं ।
काठमाडौंको स्युचाटारमा रोकेर राखेको बसभित्र सह–चालकको हत्या गरेर भागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–६ घर भएका १८ वर्षीय सुरेश परियार छन् ।

२०७८ साउन २८ मा साँझ साढे ६ बजे रोकिराखेको बा.४ ख ४२१ नम्बरको बसमा १९ वर्षीय रमेश खत्रीको हत्या भएको थियो ।

मृतक चक्रपथ परिक्रमा गर्ने सोही बसका सहचालक हुन् । हत्या आरोपीलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले चितवनको पोखरा बसपार्कबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

सिन्धुपाल्चोकको चौतारा घर भएका खत्रीलाई सुरेशले ढुंगाले हिर्काएर हत्या गरेको बताए । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।