
काठमाडौं ।
पछिल्लो २४ घण्टामा १,३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ पीसीआर परीक्षणमा १,२१४ जना र ३,०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १,३८८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २,२६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५९ हजार २२२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ भने ७ लाख १२ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेका छन् । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५,०५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
