
सप्तकोशी नदीमा केही दिनयता निरन्तर वर्षाका कारण बढ्दो क्रममा रहेको नदीको वहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।
कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५७ हजार ७ सय ९० क्यूसेक पुगेको छ ।
नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा पानीको बहाब २ लाख ५६ हजार २० क्यूसेक मापन गरिएको छ । पहिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ ।
चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाब थप बढ्ने आंकलन गरिएको छ ।
निरन्तरको वर्षासँगै कोशीको बहाब बढ्दा श्रीलंका टापुको सुनसरी क्षेत्रमा नदीले कटान थालेसँगै गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।
