अर्घाखाँची एकीकृत समाजवादीमय बन्दै

१३ भाद्र २०७८, आईतवार १५:०७

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता रामबहादुर चौहानले बलियो जनाधार सहितको अर्घाखाँचीमा निर्णायक पार्टी बन्ने बताएका छन् ।

उनले ३ सय २१ सदस्यीय युवा संघ गठन भएकाले अब वृद्धको होस र युवाको जोसमा समाजवादी पाटी अगाडी बढ्दो बताए ।

बावुराम भुसाल जिल्ला इन्चार्ज र पुष्कर पौडेलको संयोजकमा ३ सय २१ सदस्यीय युवासंघ गठन भएको छ र दुईरचार दिनमा ३ सयको संख्यामा विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटी गठन हुने बताए ।

नेकपा (एमाले) को आधिकारिक अध्यक्ष आफु भएको र त्यो सबै जिल्ला कमिटीलाई केही दिन भित्रमा समाजवादी पाटीमा रुपान्तरण गर्ने तयारी रहेको चौहानको भनाई छ ।

समाजवादी पाटीका कार्यकर्तालाई विचलित पार्ने, कार्यक्रम बिथोल्ने काम कसैले गर्ने प्रयास गरेमा सशक्त प्रतिकार गर्ने चौहानले बताए ।

उनले सुपो ठटाएर हात्ती नतर्सने बताउँदै लोकतन्त्रको रक्षा गर्दै जनताका काममा कटिबद्ध भएर अगाडी बढ्दो उनले बताए ।

प्राप्त उपलब्धीको रक्षा गर्न र कम्युनिष्ट आन्दोलनलाई नया गति दिने काम एकीकृत समाजवादीले गर्ने उनले बताए ।

स्रोत: जननी खबर