शुरु हुने भयो नेपाल र श्रीलंकाबीच हवाई उडान

१३ भाद्र २०७८, आईतवार ११:३०

आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ ।

 

नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छिन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं कोलम्बो उडान हुने जानकारी दिए ।

 

काठमाडौं कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।