‘माधव नेपालले एमाले काम नलाग्ने पार्टी भन्नु आश्चर्यजनक” ; भीम रावल

११ भाद्र २०७८, शुक्रबार ११:१८

 

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको बताउनु भएको छ । रावलले टुइटमार्फत पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री समेत भइसकेका नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको बताउनु भएको हो ।

उहाँ लेख्नुहुन्छ “दक्षिणपन्थी पूँजीवादी नेकांसँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो’ उहाँले टुईटमा लेख्नुहुन्छ ।”