
KABUL, AFGHANISTAN 15: Afghan people line up outside AZIZI Bank to take out cash as the Bank suffers amid money crises in Kabul, Afghanistan, on August 15, 2021. In a statement, the Taliban said they do not intend to enter Kabul “by force or war, but to negotiate with the other side to enter peacefully.” (Photo by Haroon Sabawoon/Anadolu Agency via Getty Images)
एजेन्सी । एक साताभन्दा लामो समय बन्द रहेका अफगानिस्तानका बैंकहरू खुल्न थालेका छन् ।बैंकहरू खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भीड देखिएको छ । अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए ।सुरुमा तालिबान काबुल प्रवेश गरेसँगै हुन सक्ने युद्धको आशंकामा सबै बैंक बन्द भएका थिए भने अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको ७ अर्ब डलरमा तालिबानलाई पहुँच नदिने निर्णय गरेसँगै बढेको आशंकाका कारण वित्तीय संस्थाहरु बन्द थिए ।
अफगानिस्तानमा दैनिक कामको लागि नगद रकम आवश्यक पर्ने भएकाले मानिसहरूले आफ्नो बैंकमा रहेको पैसाले काम चलाउन पाएका छैनन् । यसअघि तालिबानले मुलुकमा कब्जा जमाएसँगै अफगानिस्तानका एटीएममा ठूलो संख्यामा मानिसको भीड लागेको थियो
