
काठमाडौ। सुनको भाउ फेरि ओरालो लागेको छ । भदौ ९ गते सुनको मूल्य तीन सयले घटेर तोलाको ९१ हजार तीन सयमा र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम छ। अघिल्लो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार छ सयमा कारोबार भएको थियो।चाँदी १० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी तोलाको ९१ हजार रुपैयाँ थियो।
