खुल्यो तेह्रथुम पावरको आइपिओ कहिलेसम्म दिने आवेदन र कस्तो छ कम्पनी?

९ भाद्र २०७८, बुधबार १२:१४

काठमाडौँ। सर्वसाधारणका लागि तेह्रथुम पावर कम्पनीको आइपिओ आजदेखि बिक्रीमा ल्याएको छ।कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्ने। कम्पनीको आइपिओ भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीबारे केहि जानकारी हरु:
यस कम्पनीले तेह्रथुम जिल्लामा माथिल्लो खोरुङ्गा खोलाबाट विद्युत उत्पादन गरिरहेको छ। जुन आयोजनाको लागत निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट १७ करोड ८८ लाख रुपैयाँ छ।कुल ७.५ मेगावाट क्षमताको यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड रहेको छ। लगानी फिर्ता हुने अवधि ८.०९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ११.६६ वर्ष छ।यस कम्पनीलाई इक्रा नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ। यस रेटिङले दायित्व वहनका लागि कम्पनी औसत मध्यमस्तरमा रहेको जनाउँछ। आयोजनाबाट २०७६ फागुनदेखि व्यवसायिक उत्पादन भइसकेको प्रवन्धपत्रमा उल्लेख छ। कम्पनीले २ मेगावाट क्षमताको अर्को खोरुङ्गा-ताङमाया खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा छ।कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहनेछ।