उपत्यकामा बेलुकी ८ बजेपछि सवारी साधन चलाउन पाइने

८ भाद्र २०७८, मंगलवार १५:१५

काठमाडौ। उपत्यकाभित्र बेलुकी ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ।

आज उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएकोमा अबदेखि सञ्चालन गर्न दिने निर्णय गरेका हुन्।

‘सचेतना बढाएर बेलुकी ८ बजेपछि पनि निजी तथा सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय भएको छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सेतोपाटीसँग भने, ‘निषेधाज्ञा भने भदौ १६ गतेसम्म थप गरिएको छ।’

पछिल्लोपटक थप गरेको निषेधाज्ञा आज बेलुकी सकिँदै थियो।
साथै उनकाअनुसार तालिम सञ्चालन गर्नुपरे भौतिक रूपमा २५ जनासम्म उपस्थित भएर सञ्चालन गर्न दिइने निर्णय भएको छ।