
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी महासंघले जनाए अनुसार मंगलबार सुन तोलामा ५ सयले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँ कायम गरिएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। साेमबार चाँदी तोलाको एक हजार १९० रुपैयाँमा कारोबार भएको थियो।
