
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेड र लेष्टर सिटी बीच भएको खेलमा वेष्ट ह्याम युनाईटेडले ४–१ को अन्तरले जितेको छ ।
गएराति आफ्नै मैदानमा भएको खेलमा वेष्ट ह्यामलाई विजयी गराउन मिचेल एन्टोनियोले दुई गोल(८०’,८४’) गर्दा पाब्लो फोर्नाल्स(२६’) र साइद बेन्राहमाले(५६’) एक एक गोल थपे ।
पराजित टोली लेष्टर सिटीका युरी टिलेमन्सले एक गोल(६९’) गरेका थिए । खेलको ४० औं मिनेटमै अयोजे पेरेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० जनामा समेटिएको लेष्टर सिटी दबाबमा आएको थियो ।
यो खेलमा दुई गोल गर्न सफल एन्टोनियोले वेष्ट ह्यामका लागि सर्वाधिक ४९ गोल गर्ने किर्तीमान बनाएका छन् । यसअघि इटालीयन खेलाडी पाउलो डि क्यानियोको नाममा ४७ गोलको किर्तीमान रहेको थियो ।
