नेष्डो समृद्ध लघुवित्तकाे नाफा कति ?

७ भाद्र २०७८, सोमबार १३:४०

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे राम्रै प्रगति गरेकाे देखिएकाे छ । गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १६ करोड ३३ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ६६.८३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९ करोड ७८ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ४१ करोड १६ लाख ३० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३२ करोड ५६ लाख २२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे । यसै अवधिसम्म संस्थाकाे सञ्चालन नाफा २५ कराेड ९२ लाख २० हजार रुपैयाँमा सिमित भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३० करोड ९६ लाख ७२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

संस्थाको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा ४२ करोड ७३ लाख २५ हजार रुपैयाँ सञ्चित छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै असार ६ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ। इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्रा एनपी–आईआर- बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।