वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य ९ बजे सपथ

२ भाद्र २०७८, बुधबार २०:५३

हेटौंडा । वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्।

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यले आज राति ९ बजे सपथ ग्रहण गर्ने भएकी छन्।

९ बजे सपथ ग्रहण कार्यक्रम रहेको एमाले सांसद रचना खड्काले बताइन्।

प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएसँगै नेता अष्टलक्ष्मी शाक्य आजै नयाँ संसदीय दलको नेता चुनिएकी हुन्।

त्यसअघि बुधबार विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो।

मुख्यमन्त्री पौडेलले आज वागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो।