महन्थ ठाकुर पक्षले राष्ट्रपतिको निर्णय कुर्दै जसपा लोकतान्त्रिक दर्ताको तयारी

२ भाद्र २०७८, बुधबार १२:२९

काठमाडौं । नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव पछि अघि सारेका छन् । तर जसपा लोकतान्त्रिक पार्टी नै राख्ने निश्चित भएको ती नेताको भनाइ छ ।

ठाकुर पक्षमा रहेका राजेन्द्र महतोले दुई अध्यक्ष हुनुपर्ने आवाज समेत उठाएका छन् । महन्थ ठाकुर पक्षमा राजेन्द्र महतो कमजोर रहेकाले सो आवाज कमजोर बनेको नेताहरुको भनाइ छ ।

निर्वाचन आयोगले उपेन्द्र यादवलाई जसपाको आधिकारिकता दिएपछि महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले पनि अन्तरिम आदेश जारी गरेको थिएन । मन्त्रीपरिषद्ले अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्ष उत्साहित हुँदै नयाँ पार्टी दर्ता गराउने तयारीमा लागेको हो । यद्यपी अध्यादेश विवादित बनेको छ ।