
काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेकै बेला ठूलाे राजनीतिक दल नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले छुट्टाछुट्टै बैठक भइरहेको छ ।
ओली पक्षले ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी समिति बैठक राखेको छ । स्थायी समिति बैठक भर्खरै शुरु भएको छ । ओली पक्षले स्थायी समितिपछि आजै दिउँसो ३ बजे संसदीय दलको बैठक समेत राखेको छ ।
त्यस्तै माधवकुमार नेपालले सिंहदरबारमा आफ्नो पक्षका नेताहरुसँग छलफल गरिरहनु भएको छ । दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन मन्पिरिषद् बैठक बसिरहेको बेला एमालेको दुवै पक्षले त्यसबारे धारणा बनाउन छुट्टाछुट्टै बैठक गरेका हुन् ।
