
काठमाडौं । पूर्व प्रधानमन्त्री नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूनिकट जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्नु हुने भएकाे छ ।
वरिष्ठ नेता नेपाल ले एमाले पार्टी विभाजनको अन्तिम रस्साकस्सी चलिरहेका बेला दिउँसो पौने चार बजेजुममार्फत जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्न लाग्नु भएको हो। नेता नेपालको आजको सम्बोधन आकस्मिक भने होइन । आजको सम्बोधन कार्यक्रम जनवर्गीय संगठनले साता अघि नै तय गरेका हुन् ।
