
काठमाडौं । अफगानिस्तानको काबुलस्थित विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । विमानस्थलको प्यासेन्जर टर्मिनलमा सोमबार गोली चल्दा तीन जनाको मृत्यु भएको अमेरिकी समाचारपत्र वाल स्ट्रिटले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाएको छ ।
उनीहरुलाई कसले चलाएको गोली लागेको हो भन्ने समाचारमा उल्लेख गरिएको छैन । यसअघि विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि अमेरिकी सेनाले पनि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यस्तै विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ भने सैन्य उडान मात्र सञ्चालन गरिएको छ । एजेन्सी
