प्रदेश २ को प्रमुखबाट अहिराजलाई हटाएर मिश्रलाई नियुक्त गर्ने निर्णय

३२ श्रावण २०७८, सोमबार १४:४४

काठमाडौं । सरकारले प्रदेश २ को प्रमुखबाट डा राजेश अहिराजलाई हटाएर हरिशंकर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले केपी शर्मा ओली नृतृत्वको सरकारबाट नियुक्त अहिराजलाई हटाएर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हाे ।

मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुनुहुन्छ। उहाँ एक पटक सांसद समेत भइसक्नुभएको छ ।