घट्यो सुनको भाउ

३२ श्रावण २०७८, सोमबार १२:४०

काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ घटेको हो ।

छापावाला सुन सोमबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९० हजार सात सय रुपैयाँ थियो।

सोमबार तेजाबी सुनको मूल्य तोलामा पनि प्रतितोला घटेर ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।