
काठमाडौं । विद्रोही तालवान समूहले अफगानिस्तानमा आफ्नो विजय भएको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानी उपराष्ट्रपति अमरुल्ला सलेहले देश छाडेपछि तालिवान लडाकूहरु राष्ट्रपति कार्यालय प्रवेश गरेर आफूहरूकाे विजय भएको घोषणा गरेका हुन् ।
राष्ट्रपति घानीले पनि अफगानिस्तानमा तालिवानले जितेको स्वीकार गरेका छन् । घानीले रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको उल्लेख गरेका छन् । घानीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख गरेका छन् । देश छोडेपछि पहिलो टिप्पणीमा उनले भनेका छन्, ‘तारबार र बन्दुकको बलबाट तालिवानले जितेको छ । अब मुलुकको प्रतिष्ठा र जनताको जीवन उनीहरुको हातमा छ ।’
अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा तालिवानन लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र देखिन्छ । अर्को एउटा फोटोमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ ।
तालिवानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं ।’ विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको ताल्विानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेका छन् ।
