
काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ घानी देश छोडेर भागेका छन् । राजधानी काबुल समेत विद्रोही तालिवान लडाकू समूहको कब्जामा परेपछि राष्ट्रपति घानीले देश छोडेका हुन् ।
तालिवान समूहको चेतावनीपछि राष्ट्रपति घानीले देश छोडेको त्यहाँको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार तालिवान लडाकू समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो । राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान पुगेका छन्। उनीसँगै उपराष्ट्रपति उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश छाडेका छन् ।
दश दिनभित्रै तालिवानले प्रमुख शहर कब्जा गरेपछि राष्ट्रपति घानीलाई राजीनामा दिन तीव्र दबाब थियो । काबुलस्थित पत्रकार बसिर अहमद ग्वाखले राष्ट्रपति घानीले राजीनामा दिएको जनाएका छन् । उनका अनुसार राजीनामको सक्कली पत्र कतारस्थित तालिवानलाई पठाइएको छ । राष्ट्रपति घानीले देश छाडेको पुष्टि पनि पत्रकार ग्वाखले पहिलोपटक गरेका थिए ।
