मुलुकमा फेरि २२१२ कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

३१ श्रावण २०७८, आईतवार १७:३०

काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय  १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ ।

८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ९३ जनामा संक्रमण देखिएको छ । ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा १ हजार ८ सय ६७ जनाले कोरोना जितेका छन् । याेसँगै ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३२ हजार ६ सय ९१पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार २ सय ९२ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार २ सय ९८ ंक्रमित छन् । त्यसमध्ये ३५ हजार १८ जना होम आइसोलेसनमा छन् । ४ हजार २ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ५८ जना आईसीयू र १ सय ९३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् ।