राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

३१ श्रावण २०७८, आईतवार ११:५८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । राजधानीको एक पार्टी प्यालेसमा दिउँसो ३ बजेदेखि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने राप्रपाले जनाएको छ ।

बैठकमा अध्यक्ष कमल थापाको संयोजकत्वमा रहेको समितिले तयार पारेको स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्तुत गरिने, पार्टी महाधिवेशन र समसामयिक बिषयमा छलफल हुने नेता मोहन श्रेष्ठले जानकारी दिनु भयो ।

राप्रपाले आगामी कार्तिक २७ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने तय गरेको छ।