
काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३६ कोरोना संक्रमित थपिएका छन् । कोरोनाको कारण २७ जनाको मृत्यु भएको छ । योसंगै मुलुकमा कोरानाले जीवन गुमाउने को संख्या १० हजार २ सय ३९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकको विभिन्न ठाउँको प्रयोगशालामा ११ हजार ७ सय ८ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा गरिएको छ । त्यसबाट २ हजार ७ सय ३६ जनमा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ८ सय ७४ जनामा गरिएको एन्टिजेन परीक्षण गर्दा १ हजार ५२ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय १८ जनाले कोरोनालाई पराजित गरेका छन् । मुलुकमा अहिलेसम्म ९३ दशमलव ४ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
मुलुकमा अहिलेसम्म ३ लाख ६७ हजार ३ सय ४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिले ३८ हजार ७ सय ९८ संक्रमित छन् । संक्रमित मध्ये ७ सय ३६ जना सघन कक्षमा र १ सय ८५ जना भेन्टिलेटरमा रहेर उपचार भइरहेको स्वासथ्य मन्त्रालयले जनाएको छ ।
