
काठमाडौं । सर्वोच्च अदालतले ‘जेष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन आदेश दिएको छ । सर्वाेच्चले प्रवेश केसीको रिटमा सुनुवाई गर्दैै सरकारलाई अन्तरकालिन आदेश दिएको हो ।
केसीले खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगी तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेलाई घर–घरमा खोप सेवा दिन माग गर्दै रिट दायर गर्नुभएको थियो । केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दायर गर्नुभएको रिट सुनुवाई गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रवार जेष्ठ नागरिकलाई खोप घरमै पुगेर लगाउन आदेश दिनुभएको हो ।
