
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो शपथ लगत्तै सात सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार साँझ नै पद तथा गोपनीयताको शपथग्रहण भएको छ ।
मुख्यमन्त्री केसीले माओवादीबाट २, काँग्रेसबाट १, जसपाबाट ३ जना र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्नुभएको हो
काँग्रेसबाट डिल्लीबहादुर चौधरी (सहरी तथा ग्रामिण विकास) माओवादी केन्द्रबाट कृष्णध्वज खड्का (आर्थिक मामिला), जसपाबाट सुमन शर्मा रायमाझी (विना विभागीय), कुर्मती ढेँगा (विना विभागीय) र सहसराम यादव (भौतिक पूर्वाधार मन्त्री) बन्नुभएको छ । स्वतन्त्र (हृदयेश त्रिपाठी समूह) बाट अजय शाही (विना विभागीय मन्त्री) बन्नुभएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार साँझ नै पद तथा गोपनीयताको शपथग्रहण भएको छ ।
