
शहबाज खान/कपिलबस्तु । कपिलबस्तुमा कटुवा पेस्तोल र गोली सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महाराजगंज नगरपालिका वडा नं. ९ औरहवाका २० वर्षिय लक्षमण यादव, सोही स्थानका २८ वर्षिय बिश्वम्वर यादव र सोही स्थान कै ४१ वर्षिय समसाद अहमद खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।
प्रहरी चौकी कुशुहवा बढनी र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलिले अबैध हातहतियार साथमा लिई हिडेका भन्ने सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरेका छन ।
संकास्पद अवस्थामा हिडडुल गरिरहेका उनिहरुलाई खान तलासी गर्दा लक्ष्मण यादवले आफ्नो कम्मर पेटीको भागमा अगाडी राखेको अवस्थामा घरेलु नल कटुवा पेस्तोल १ नाल र बिश्वम्वर यादवले लगाएको हाई पाईन्टको पकेटमा सोही घरेलु नल कटुवा पेस्तोलमा प्रयोग हुने गोली तिनराउण्ड फेला परेको छ ।
उनिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सो हातहतियार समसाद अहमद खाँले राख्न दिएको खुल्न आएको हूँदा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनिहरुलाई हातहातियार खरखजना मुद्धा अन्तरगत आवश्यक अनुसन्धान भईरहेको प्रहरी कार्यलयले बताएको छ ।

