
काठमाडौं पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको आशंका गर्नुभएको छ । एमाले विवाद समाधानका लागि गठित कार्यदलका सदस्य समेत रहनुभएका पौडेलले पौडेलले बिहीवार प्रतिनिधिसभामा बोल्दै त्यस्तो आशंका गर्नुभएको हो ।
‘केही हप्ता, केही दिन भित्र राजनीतिक दल विभाजनका लागि अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ सभामुख महोदय ?’ नेता पौडेलले बैठकमा प्रश्न गर्नुभयो ।
पूर्व अर्थमन्त्री पौडेलले सरकारले ल्याएको श्वेतपत्रमा अघिल्लो सरकारले अध्यादेशबाट बजेट लाएकोमा प्रश्न उठाएकोमा असहमति प्रकट गर्नुभयो ।
‘आर्थिक अवस्थाको जानकारी पत्रमा अध्यादेशबाट कानूनी बन्दोबस्त गर्ने संवैधानिक व्यवस्थालाई विरोध गरिएको छ,’ उहाँले भन्नुभयो, ‘ठीक छ, त्यसो भए यो सरकारको पालामा बजेटलगायत कुनै पनि विषयमा कहिल्यै पनि अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ ?’
