केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

२८ श्रावण २०७८, बिहीबार १६:००

बुटवल । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो । लुम्बिनी प्रदेशमा एमालेका शंकर पोखरेलपछि दोस्रो मुख्यमन्त्री बन्नु भएका केसीको केहीबेर पछि शपथ ग्रहण तयारी भइरहेको छ ।

केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धनका ४२ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।