सुनको भाउ बढ्यो

२८ श्रावण २०७८, बिहीबार १५:३०

काठमाडौं । सुनको भाउ अघिल्लो दिनको तुलनामा बढेको छ । सुनको मूल्य हिजोको तुलनामा प्रतितोला ६ सय रुपैयााँ बढेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला ८९ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । । छापावाल सुन बुधबार प्रतितोला ८८ हजार ८ सय रुपैयाँ थियो । तेजावी सुन बिहीबार प्रतितोला ८८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइहेको छ ।

बिहीबार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार १९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।