लुम्बिनीको मुख्यमन्त्रीमा ४२ सांसदको हस्ताक्षरसहित केसीको दाबी

२८ श्रावण २०७८, बिहीबार १२:०८

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्तापक्ष गठबन्धनले दाबी पेश गरेको छ। माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेश गर्नु भएको हो ।

गठबन्धनले बहुमतसहित ४२ सांसदको हस्ताक्षर बुझाएका छन् । केसीका पक्षमा माओवादी केन्द्रका १९, कांग्रेसका १८, जसपाका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेश सभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन्।

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको दाबी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार दिउँसो ३ बजेसम्मको समयसीमा दिनुभएको थियो । केसीको आजै मुख्यमन्त्री नियुक्ति र शपथ हुने स्रोतले जनाएको छ ।