
सुर्खेत । जुम्ला बजारमा भालुको आक्रमणबाट दम्पती घाइते भएका छन् । बजारमा मोवाइल पसल गरिरहेका दैलेखका हिमबहादुर रोकाया र पत्नी निर्मला थापालाई भालुले आक्रमण गरेको हो । उनीहरुलाई कोठाबाट पसलतर्फ जानेक्रमा बिहान पौने ५ बजेतिर भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार निर्मलाको अनुहारमा र हिमबहादुरको टाउको, ढाडमा चोट लागेको छ। उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। जुम्लाबजारमा केही महिना यता भालुको आतंक बढेको छ । बजार छेउमा जंगल भएको कारण भालुको आतंक बढेको हो ।
