गुल्मीमा चट्याङ लागेर बालकको मृत्यु

२८ श्रावण २०७८, बिहीबार ०९:५८

गुल्मी । इस्मा गाउँपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । गाउँपालिकाकाे वडा नम्बर ४ का ११ वर्षीय राहुल गन्धर्वको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभएकाे छ ।

डिएसपी पाण्डेका अनुसार चट्याङ लागेर ३९ वर्षीय रामबहादुर गन्धर्व, २४ वर्षीया रुपा नेपाली र ११ वर्षीय किस्मत नेपाली गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि पाल्पा पठाएको छ । चट्याङ लागेर सामान्य घाइते भएका अन्य ३ जना भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किसकेका छन् । बुधबार बेलुकी परेको चट्याङबाट स्थानीय नारायण बस्नेतका ३ वटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ ।