बूढीगण्डकी जलविद्युत् आयोजनाको ६ अर्ब फिर्ता

२८ श्रावण २०७८, बिहीबार ०९:४४

काठमाडौं । ह्रासकट्टी विवादले बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि गर्त आर्थिक वर्ष ०७७,०७८ मा विनियोजित ६ अर्ब रुपैयाँ फिर्ता भएको छ । आयोजनाको वातावरण, मुआब्जा वितरण, पुर्नवास तथा पुनस्थापना इकाइका लागि पुँजीगतफिर्ता ७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ छुट्याइएको थियो । त्यसमध्ये १३४४,१० रोपनी जग्गा मुआब्जा वितरणको लागि १ अर्ब ६१ करोड ६५ लाख ९० हजार ८ सय २६ रुपैयाँ खर्च भएको आयोजनाका इन्जिनियर रितेष रावलले बताए । यो पुँजीगतफर्तको २१ प्रतिशत मात्रै हो । यस बाहेक करिब डेढ अर्ब कार्यालय संचालन तथा सर्वेको काममा मात्रै खर्च भएको छ ।

आयोजनाबाट प्रभावित हुने अधिकाँश भौतिक संरचनाको लागत संकलन भए पनि ह्रासकट्टी विवादले मुआब्जा वितरण अलमल पर्दै आएको छ । नेपाल सरकारको भवनसम्बन्धी प्रचलित कार्यविधिमा भौतिक संरचनाको हसकट्टी गर्नुपर्ने प्रावधान छ । तर प्रभावित ह्रासकट्टी गरे आफूहरु मर्कामा पर्ने भन्दै मुआब्जा रकम नै नलिने अडानमा छन् । आयोजनाको स्वीकृत ईआइए प्रतिवेदनमा हा्रसकट्टी नगरी क्षतिपूर्ति भुक्तानी हुन आवश्यक देखिएको उल्लेख छ । संरचना अधिग्रहण गर्दा ह्रासकट्टी नगरी क्षतिपूर्ति भुक्तानी दिन उर्जा र अर्थ मन्त्रालयसँग आयोजनाले माग गर्दै आए पनि ठोस निर्णय हुन सकेको छैन । कान्तिपुर दैनिकमा खबर छ ।