
काठमाडौं । छोराबुहारी बिहानै काममा निस्किएका थिए । साँझ ५ बजेतिर ५० वर्षीया मिथिला सरदार (परिवर्तित नाम) सिकुवामा बसेर तरकारी केलाउँदै थिइन् । त्यही बेला आफन्त पर्ने तीन जना महिला आक्रोसित हुँदै आए र एकाएक् बोक्सी आरोप लगाउँदै उनीमाथि हातपात गर्न थाले । एक्ली वृद्धा के गर्न सक्थिन र ? कपाल समातेर घिसार्दै घरबाट ढेढ किलोमिटर टाढाको मन्दिरसम्म पु¥याइयो । उनीलाई डेढ किलोमिटरसम्म घिर्सादा पनि गाउँले कसैले प्रतिकार गरेनन् ।
मिथिलालाई बोक्सी आरोपमा निर्घात कुटिएको यही साउन १७ गते साँझ पहिmलोपटक थिएन । एकल महिला रहेकी उनलाई दशकअघि पनि छिमेकीले बोक्सी आरोपमा यसैगरी कुटपिट गरेको थिए । उनीमाथि यातानाको खबर प्रहरीसम्म पुग दिइएन । गाउँमै मिलापत्र गरियो । यस पटक भने उजुरी गर्न परिवारका सदस्यसहित उनी प्रहरी कार्यालय पुगिन् । तर प्रहरीले ३ दिनसम्म उजुरी लिन मानेन । उनी र परिवारले अडान लिएपछि चौथो दिन वडाका जनप्रतिनिधि र स्थानीयको रोवरमा पीडकले माफी माग्ने सहमतिमा घटना सामसुम बनाइयो । झाँक्रीले बोक्सी किटान गरेपछि उनीमाथि कुटपिट भ्एको हो ।
कुटपिटमा संलग्न एक महिलाको श्रीमन् चार महिनाका बिरामी छन् । मिथिलाल ेबोक्सी लगाएपछि उनी बिरामी भएको झाँक्रील बताएपछि छिमेकी कुटपिटमा उत्रिएका थिए । बोक्सी आरोपमा दुव्र्यवहार र कुटपिट भोग्ने महिला मिथिला एकली होइनन् । मिठूदेवी शर्मा (नाम परिवर्तिात) अर्कि पीडित हुन् । २०७६ बैशाख १२ गते इनरुवामा आफ्न्तको बिहेमा भोज खान तथा गीत गाउन उनलाई निम्तो थियो । साँझ ६ बजे घरबाट निस्किएकी उनलाई बोक्सी भन्दै कुटपिट गरियो । उनको उजुरीपछि कुटपिटमा संलग्न इनरुवा– १० का ५८ वर्षीय पवन शर्मालाई प्रहरीले पत्राउ गरी मुद्दा चलायो । जिल्ला अदालग सुनसरीले दोषी ठहर गरेपछि उनी जेल परे । कान्तिपुर दैनिकमा खबर छ ।
