लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

२७ श्रावण २०७८, बुधबार १७:०२

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

न्यायाधीश डा आनन्दमोहन भट्टराईको इजलासले  विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको हाे । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।