
काठमाडौं । सुनको भाउ अल्लिो दिनको तुलनाामा प्रतितोला ४ सय घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार २ सय थियो ।
त्यस्तै तेजावी सुन ८८ हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
