प्रधानसम्पादकको हत्या, एक पत्रकार बन्धक

२७ श्रावण २०७८, बुधबार ०९:३९

एजेन्सी
काबुल । अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेशनका प्रदानसम्पादक टाफान ओमारीको आइतबार काबुलको देह सब्ज जिल्लामा हत्या गरिएको प्रशासनले जनाएको छ । उहाँलाई अफगान तालिवान समूहले हत्या गरेको हुन सक्ने प्रशासनले जनाएको छ । यद्यपि ओमारीको मृत्युको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

यसैगरी उनीहरुले युद्धग्रस्त अmगाननिस्तानको हेलमेन्ड प्रान्तमा एक टेलिभिजन पत्रकारलाई बन्धक बनाएर लगेकोे बतइएको छ । अफगानिस्तानको खानमा प्रेसले बताए अनुसार स्थानीय बुस्ट रेडियोका प्रधानसम्पादक तथा खोस्ट प्रान्तमा अवस्थित गारगाख्ट टेलिभिजनका संवाददाता नियाम तुल्लाहलाई हेलमेन्ड प्रान्तको नावा जिलमा तालिवान लडाकूले बन्दी बनाएर लगेका थिए । ओमारी अफगानको राजधानी काबुल बाग्रामको न्यायिक तथा न्याय केन्द्रका वकिल पनि रहेको बताइएको छ ।