
काठमाडौं । नेपालमा थप चार हजार नौ सय चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ हजार १ सय २३ जनाको परीक्षण गर्दा चार हजार नौ सय चार जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार एक सय ५० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार एक सय १५ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ । मुलुकमा अहिले ३७ हजार ३३२ जना सक्रिय संक्रमित छन् ।
