
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई सशक्त बनाउन आफूहरू दृढतापूर्वक अगाडि बढ्ने बताउनु भएको छ ।
नेता नेपालले एमबीबीएसको प्रवेश परीक्षामा सामुदायिक स्कूलबाट पहिलो नम्बरमा नाम निकाल्न सफल आशिक झालाई बधाई दिने कार्यक्रममा आफूले राजनीतिको कुरा नगर्ने समेत बताउनु भयो ।
तर,नाम नलिइकन आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘हामी दृढताका साथ अगाडि बढ्नेछौं । कसैको टाङमुनि छिर्ने छैनौं । अध्याँरो सुरुङमा छिर्नेवाला छैनौं । तानाशाही प्रवृत्तिसँग झुक्ने छैनौं ।’
नेता नेपालले कर्णालीमा प्रदेशसभा सदस्य पद गुमेका आफूपक्षीय नेताहरूलाई फेरि जिताएर ल्याउने दाबी समेत गर्नुभएको छ । उनीहरूले बहादुरी देखाएको नेपालको भनाई छ ।
