
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धम्क्याएर राजनीति नगर्न चेतावनी दिनुभएको छ । एमाले अध्यक्ष ओलीले मंगलबार प्रतिनिसिभामा सम्बोभन गर्दै प्रचण्डलाई त्यस्तो चेतावनी दिनुभएको हो ।
ओली सरकारबाट हटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दिन माओवादी अध्यक्ष प्रचण्डले आफूलाई राजनीतको आगो भन्दै ओलीलाई आगोसँग नखेल्न चेतावनी दिनुभएको थियो । त्यसको करिब एक महनिापछि एमाले अध्यक्ष ओलीले प्रचण्डको चेतावनीको जवाफ फर्काउनु भएको हो । ‘सत्ता परिवर्तन हुनेबित्तिकै सत्ता पक्षका नेताहरुले भन्नु भयो, होसियार म आगो हुँ मसँग नखेल नत्र भन्नु भयो’ अध्यक्ष ओलीले प्रचण्डलाई जवाफ दिँदै भद्धन्नुभयो ‘मलाई थाहा छ उहाँले विगतमा देशमा लगाएको डढेलो सम्झिरहेको छु। उहाँ आगो हो थाहा छ तर एक दुई बाल्टीले आगो निभाएको हामीलाई थाहा छ। यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ पानी।’
‘सरकार बन्दैछ तर धम्की दिने ? म आगो हुँ भनेर, म सँग नखेल भनेर धम्की दिने ?’ ओलीले भन्नुभयो ‘सडकमा एउटा कागज वितरण गरेको छ। प्रतिपक्षलाई गाली गरेर, सरापेर कस्तो राष्ट्रिय सहमति बन्छरु प्रतिपक्षलाई धम्की दिएर राष्ट्रिय सहमति नत्र भन्छन् नत्र के गर्छन्रु हामी पनि हेरौँला।’
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री बन्ने दाबी समेत गर्नुभएको छ । ‘म यो देश र यस देशका जनताको सेवाको निम्ति जन्मिएको जस्तो लाग्छ । म प्रधानमन्त्री बन्न जन्मिएको होइन । काम गर्दै जाँदा भएँ’ ओलीले भन्नुभयो ‘म ६४ वर्षसम्म त प्रधानमन्त्री थिइनँ । भइयो । प्रधानन्त्रीबाट हट्दा भनेको थिएँ । म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु । फेरि पनि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ मूलबाटो, मूल गेट मूल ढोकाबाट फेरि पनि प्रवेश गर्छु ।’
ओलीले जनचाहना अनुसार प्रधानमन्त्री बनेको बताउनु भयो । ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर जनताले मत दिएर हो । म विभिन्न नेताका महत्वाकांक्षा, ईर्श्या, जलन आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन’ उहाँले भन्नुभयो– ‘उछिट्टएर प्रधानमन्त्री पद मेरो भागमा आएको होइन । जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । म परमादेशबाट होइन जनदेशबाट भएको हो । र, प्रधानमन्त्रीबाट हट्दा मलाई कुनै चिन्ता छैन ।’
अध्यक्ष ओलीले तत्कालीन माओवादी लडाकुको क्यान्टोन्मनेटमा भएको भनिएको भ्रष्टाचार मुद्दा संसदमा उठाउनुभयो
सरकारबाट बाहिरिएपछि पहिलो पटक मंगलबार प्रमुख प्रतिपक्षी नेताका रुपमा बोल्दै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचणडसहित जोडिएको भनिएको क्यान्टोनमेन्ट भ्रष्टाचार मुद्दा उठाउनु भएको हो । संयुक्त सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्ध कारबाही हुन्छ भनेको देखेँ, खुसी लाग्योु, उनले भने, ुभ्रष्टाचारको कुरा उठेको बेला क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा उठेको छ यसबारे छानबिन गरेर सरकारले देखाओस्।ु
ओलीले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना पनि छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिनुभयो ललिता निवास र मातातीर्थको जग्गाको पनि छानबिन गर्छ होला। सर्दु जलाधार क्षेत्रको पनि क्लियर हुन्छ होला’ उहाँले भन्नुभयो
ललिता निवास प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदार मुछिनु भएको छ । उता मातातीर्थको सरकारी जग्गा विक्री प्रकरणमा जनता समाजवादीका नेता डा। बाबुराम भट्टराई जोडिनु भएको छ ।
ओलीले सरकारले जनयुद्धका घाइतेहरुको उपचार गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । ‘जनयुद्धका घाइतेहरुको उपचार सरकारले गर्छु भन्नुस्ु, उहाँले भन्नुभयो, ‘सरकारले सक्दैन भने एमालेको केन्द्रीय कार्यालय थापाथलीमा पठाउनु म उपचार गर्छु।’
एमाले अध्यक्ष ओलीले मधेस आन्दोलन अगाडि रौतहटको गौरमा २२ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको पनि छानबिन गर्न चुनौती समेत दिनुभएको छ ।
‘गौर हत्याकाण्डको यति समय भयो, खोइ त छानवि गरेको ? ओलीले सोध्नु भयो ‘लौ त छानविन गरेर देखाउनुस् ।’ गौर हत्याकाण्डमा हालको सत्तारुढ दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मुछिनुभएको छ।
