
काठमाडौं । सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । सुनको मूल्य मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेको हो।
छापावाला सुन मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सोमबार प्रतितोला ८९ हजार रुपैयाँ थियो । त्यस्तै, तेजाबी सुनको मूल्य मंगलबार ८८ हजार ७ सय ५० रुपैयाँ पुगेको छ । तेजाबी सुन सोमबारप्रति तोला प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ थियो ।
मंगलबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदीप्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्यप्रतितोला १२ सय १५ रुपैयाँ थियो ।
