सिद्धबाबामा गुडिरहेको स्कार्पियोमाथि भीरबाट ढुंगा खसेपछि…

२६ श्रावण २०७८, मंगलवार १२:३७

बुटवल । सिद्धबाबा नजिक सडकमा गुडिरहेको स्कार्पियोलाई भीरबाट खसेको ढुंगाले लाग्दा गाडी तिनाउ नदीमा खसेको छ । दोभानबाट बुटवल आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कार्पियोमाथि ढुंगा खसेपछि गाडी नै तिनाउ खोलामा खसेको हो ।

तिनाउ गाउँपालिकाको हेडबक्स नजिकै माथिबाट खसेको ढुङ्गाले लागि गाडी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी ले जनाएको छ। ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले दुर्घटनामा चार जना घाइते भएको जानकारी दिनुभएको छ। घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।